दार्चुला पुगेर गगन थापाले भने- ५ वर्ष सम्म सरकार चलाउने जिम्मा दिनुस

Posted on: 24 Jun, 2017


असार १०, दार्चुला ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवमं पुर्व स्वास्थ्य मन्त्रि गगन कुमार थापाले यहि असार १४ गते हुन गइरहेको स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाइ बिजयी गराएर लगातार पाच वर्ष सम्म सरकार चलाउने जिम्मा दिन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । 

नेपाली कांग्रेस महाकाली नगरपालिकाद्धारा सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुर्व मन्त्रि थापाले यस्तो आग्रह भएको हो ।

झण्डै २० वर्षपछि हुन गइरहेको स्थानिय तहको निर्वाचनमा विकास प्रेमी नेता छान्न उहाँले आग्रह गर्नुभयो । नेपाली कांग्रेस पार्टी हुने खानेको पार्टी भएको भन्दै पुर्व स्वास्थ्य मन्त्रि थापाले एमाले, माआबादी पार्टीको जसरी ढाट्ने काम नगर्ने बताउनु भएको छ । 


५ वर्ष भित्र नगरपालिका भित्र रहेको सम्पुर्ण गरिवीको न्युनिकरण गर्न कांग्रेसलाई भोट दिनु पर्ने उहाँले बताउनुभयो । जिल्लामा भएका विकास निर्माणका कामहरु कांग्रेसको नेतृत्वमा भएको भन्दै पुर्व मन्त्रि थापाले विकासका लागी कांग्रेसलाई जिताउन आग्रह गर्नु भयो ।

नेपाली काग्रेशका युवा नेता एब. पुर्ब स्वास्थ्यमन्त्री थापाले काग्रेशमात्र सबै पार्टीहरुलाइ मिलाएर लैजानसक्ने पार्टी भएको बिचार राख्नुभएको छ । नेता थापाले शुक्रबारमात्रै दार्चुला जिल्लाका तीन ठाउँमा भएका आमसभामा सम्बोधन गर्नुभएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!