नेपाल राष्ट्रिय शिक्षक संगठन मार्मामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन

Posted on: 18 Sep, 2017

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन मार्मा गाउँपालिकाको आज सभा सम्पन्न भएको छ । 

दशैतिहारको शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनको सभाले विरेन्द्र महराको अध्यक्षतामा १७ सदस्यीय नयाँ गाउँ कार्यसमिति समेत चयन गरेको छ । संगठनको उपाध्यक्षमा चन्द्रसिँह महता, सचिवमा सुरेशराज जोशी चयन गरिएको छ  ।

यस्तै बहादुरसिँह धामीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनले मार्मा गाउँपालिकामा रहेका विद्यालयहरुको शिकाइ उपलब्धीलाई गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

साथै संस्थागत विद्यालयहरु प्रति बढेको अभिभावकहरुको आर्कषणलाई कम गर्दै सामुदायिक विद्यालयहरुमा पनि गुणस्तरीय शिक्षामा जोड दिने शिक्षक संगठनले जनाएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरुले कार्तिक १६ गतेसम्म सदस्यता नबीकरण गर्न समेत आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!