एमालेले दार्चुलाका ९ ओटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगायो

Posted on: 27 May, 2017

लोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला | संघिय संरचना अनुसार २ ओटा नगरपालीका र ७ ओटा गाउँपालीका गरी कुल ९ ओटा स्थानिय तह रहेको दार्चुला जिल्लामा प्रमुख राजनितिक दलहरुले उम्मेदबारी टुंगो लगाएका छन ।

एमाले जिल्ला कमिटि सचिवालय बैठकले महाकाली नगरपालिका र दुहूँ गाउँपालिकाको प्रमुख पदको टुंगो लगाए संगै सबै स्थानीय तहको टुंगो लागेको जनाएको छ । 

एमाले जिल्ला सचिवायल बैठकमा एमाले केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर सातका संयोजक भीम रावल, एमाले केन्द्रिय सदस्य तथा दार्चुलाबाट निर्वाचित व्यवस्थापिका सांसद गणेशसिँह ठगुन्ना लगायतको सहभागितामा उम्मेदवारको टुङ्गो लगाइएको हो । 

महाकाली नगरपालिकाको प्रमुख पदमा नरसिँह चैसिर र उपप्रमुखमा दुर्गा धामीलाई उम्मेदवार छनौट गरिएको एमाले जिल्ला कमिटि प्रचार विभाग प्रमुख खडक बडालले जनाकारी दिनुभयो । दुहू गाउँपालिकाका अध्यक्ष पदमा नरेन्द्रबहादुर बडाललाइ उम्मेदावार बनाएको छ  भने उपाध्यक्षको टुंगो पनि १/२ दिनभित्रै लगाइने एमालेले जनाएको छ । अन्य सात ओटा स्थानीय तहमा एमालेले यसअघि नै उम्मेदारको टुंगो लगाएको थियो ।

जसअनुसार एमालेले अपि हिमाल गाउँपालिका प्रमुखमा धर्मानन्द मन्याल, उपप्रमुख उर्मीला बोहरा, मार्मा गाउँपालिकामा प्रमुख देवसिह महर उपप्रमुखमा कमला विष्ट, नौगाड गाउँपालिका प्रमुख प्रेमसिह धामी र उपप्रमुखमा गौरी ठगुन्नाले टिकट पाएका छन् । यसैगरी शैल्य शिखर नगरपालिका प्रमुखमा गंगादत्त जोशी र उपप्रमुखमा कलावती धामी खडाययत, लेकम गाउँपालिका प्रमुख प्रमानन्द जोशी र उपप्रमुखमा टुंगो लाग्न बाकी रहेको छ । भने मालिकार्जुन गाउँपालिका प्रमुख मोहनसिह धामी र उपप्रमुखमा पुष्पा अवस्थी र ब्यास गाउँपालीका प्रमुखमा दिलिप सिह डडाल र उपाध्यक्षमा तिरा कुवरलाइ टिकट दिएको छ । 

यसैगरी नेपाली काग्रेस दार्चुलाले जिल्लाका ९ वटै तहका प्रमुखहरुको उम्मेदवार टुंगो लगाएको छ । 

नेपाली काग्रसले महाकाली नगरपालिकामा हंशराज भट्टलाई मेयरको टिकट दिएको छ । महाकाली नगरपालिकामा उपमेयर पदको टुंगो भन्न लाग्न बाकी छ । 

अपि हिमाल गाउँपालिका प्रमुखमा लोकेन्द्रसिह लोथ्याल र उपप्रमुखमा देवकी ठेकरे, मार्मा गाउँपालिकामा प्रमुख गोपालदत्त जोशी र उपप्रमुखमा निर्मला सिंह, नौगाड गाउँपालिकामा प्रमुख जगतसिह ठगुन्ना र उपप्रमुख लालमति धामी बोहरा, दुहु गाउँपालिकामा प्रमुख पुलेन्द्रबहादुर कार्की र उपप्रमुख इश्वरी जोशी र व्यास गाउँपालिकामा प्रमुख दिलिप बुढाथोकी र उपप्रमुख हेमा भट्टलाई टिकट दिएको छ । यस्तै उता मालिकार्जुन गाउँपालिकामा प्रमुख नरेन्द्रसिह धामी र उपप्रमुखमा संगीता चन्द तथा लेकम गाउँपालिका प्रमुखमा उत्तम नाथ र उपप्रमुख पद भने छनौट गर्न बाकी रहेको काग्रेस सचिव गोवर्धन कोलीले जानकारी दिनुभयो । यस्तै केहि गाउँपालिका र नगरपालिकाका वडाअध्यक्ष र सदस्य पदको टुंगो लाग्न बाकी रहेको काग्रेसले जनाएको छ । 

यस्तै नेकपा माओबादी केन्द्र दार्चुलाले जिल्लाभरी यसअघिनै प्रमुख र उपप्रमुख पदको टुंगो लागीसकेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!