दार्चुलामा धादली भएको भन्दै पुन: मतगणना गर्न माग

Posted on: 01 Jul, 2017


लोकेन्द्र प्रशाद जोशी/असार १७, दार्चुला । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ मडमा मतगणनामा धादली भएको भन्दै पुन मतगणना गर्न एमालेले माग गरेको छ । 

नेकपा एमालेले शनिबार निर्वाचन आयोगलाई पुन मतगणना माग गर्दै निवेदन दिएको हो ।

मालिकार्जुन मड क र ख तथा लटिनाथ मावि बसेडी केन्द्र गरी कुल १,२२६ मत खसको भनिएपनि मतगणना पछि ११ सय ८५ मत मात्र खसेको सार्वजनिक गरिएपछि धादली भएको एमालेले आरोप लगाएको छ । उक्त वडाको बदर मतको समेत जानकारी गराइएको छैन ।

सरकारी पक्षले सत्ताको दुरुपयोग गर्दै काग्रेस जिताउने खेलमा लागेको एमालेले वडा नम्बर ३ का अध्यक्ष पदका उम्मेदवार मदनसिह धामीले आरोप लगाउनुभएको छ ।

पटक पटक निर्वाचन अधिकृतलाई धादली भएको जानकारी गराउँदा गराउँदै पनि सत्ताको दुरुपयोग गरी मतगणना गराएको एमालेको आरोप छ ।

यसैबिच मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथमा नेकपा एमालेको विजय जुलुसमाथी नेकपा माओवादी कार्यकर्ताहरुले ढुङ्गामुढा गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!