दार्चुलामा एमालेका दुई जिल्ला सदस्य कार्वाहीमा परे

Posted on: 20 Jul, 2017

लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । दार्चुला जिल्लामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय बैठकले दुइ जना जिल्ला कमिटी सदस्यलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । 

स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारको विरुद्ध जाने दुहु गाउँपालिकाका धनबहादुर कुवर र गौरी बडाललाई कार्वाही गरेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा बसेको बैठकले दुहु गाउँपालिकाका आधिकारीक उम्मेदवार नरेन्द्रसिह बडालको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने धनबहादुर कुवर र पार्टीको विरुद्ध प्रचार प्रसारमा जाने गौरी बडाललाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

दुवै जनालाई नेकपा एमाले स्थायी कमिटीले जारी गरेको निर्देशन अनुसार कार्वाही गरिएको हो । दुहु गाउँपालिकामा एकलौटी रुपमा काग्रेसले विजयी हासिल गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!