जनताले एमालेको स्वाभिमानी एजेण्डा मन पराए: सचिब ज्ञवाली

Posted on: 20 Jul, 2017


लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तीको चरम दुरुपयोग गरे पनि राष्ट्रिय स्वाभिमानको एजेन्डाका कारण जनताले एमालेलाई जिताएको दाबी गर्नुभएको छ ।

एमाले प्रचार विभाग र प्रेस चौतारी दार्चुलाले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता ज्ञवालीले वर्तमान सरकारले आर्थिकदेखी सुरक्षा निकायसम्मको दुरुपयोग गर्न खोजेको आरोप लगाउनुभयो ।

नेता ज्ञवालीले वर्तमान स्थानीय तह निर्वाचन राष्ट्रिय स्वाभिमान र लम्पसारबाद बिचको जनमतसंग्रह जस्तै भएको टिप्पणी गर्नुभयो । बिश्वभरीकै राजनीतिक परिपाटी सत्तापक्ष विरुद्ध अरू राजनीतिक शक्तिहरू मिल्ने भए पनि प्रतिपक्षका विरुद्ध सबै राजनीतिक शक्ति लडेको ज्ञवालीको भनाइ छ ।


दार्चुलामा एमालेको पक्षमा बहुमत आँउने अपेक्षा गरे पनि अपेक्षीत परिणाम नआएको ज्ञवालिको भनाइ छ । उहाँले एमाले दार्चुलाले तत्काल गम्भीरतापुर्बक पराजयको समीक्षा गरेर रिपोर्ट तयार गर्न निर्देशन दिनु भएको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एब. सासंद गणेश सिह ठगुन्नाले आवश्यकताभन्दा बढी आत्मबिश्वास, पार्टी सङ्गठनको निस्कृयता र गरेका कामको सही प्रचार हुन नसक्दा दार्चुलामा एमालेले बहुमत गुमाएको बताउनुभएको छ । कार्यक्रममा एमाले जिल्ला कमिटि अध्यक्ष रामदत्त जोशीले आन्तरीक र बाह्य दुबै कारणले निर्बाचनमा हार भएको रिपोर्टीङ गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!