जिसस दार्चुलाका पदाधीकारीहरुद्धारा पदभार ग्रहण

Posted on: 24 Aug, 2017


लोकेन्द्र प्रशाद जोशी | भदौ ८, दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाका पदाधिकारीहरुले आज बाट पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालय दार्चुलामा आज भएको एक कार्यक्रमका विच उनिहरुले पदभार ग्रहण गरेका हुन ।

सपथ ग्रहण पहिला नै गराइएको भए पनि पदभारका लागी आज शुभसाइत भएको भन्दै उनिहरुले आज पदभार ग्रहण गरेका छन् ।

कार्यक्रम जिल्ला समन्वय समिति दार्चुलाका संयोजक करविर बहादुर कार्कीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको प्रमुख आतिथ्यततामा भएको हो । कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचलन समन्वय समितिका सुचना अधिकारी युवराज जोशीले गर्नु भएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!