वडाअध्यक्षबाटै गाउँपालिका कार्यालयमा तालाबन्दी, यस्तो छ कारण ।

Posted on: 20 Sep, 2017

लोकेन्द्र प्रशाद जोशी | असोज ४, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरुद्ध गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि सहित तीन शीर्ष दलका प्रतिनिधिहरुद्धारा तालाबन्दी गरिएको हो ।

नौगाढ गाउँपालिका वडा नम्बर ६ बाट निर्वाचित वडाअध्यक्ष गोरे धामी, नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओबादी केन्द्रका प्रतिनिधिहरुद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत् गाउँसभाले गरेको केन्द्र सार्ने निर्णयको विरोध स्वरुप तालाबन्धी गरीएको उल्लेख छ । स्थानिय तह केन्द्र निर्धारण गर्ने बेला नौगाढ ५ सौकेबगर निर्धारण गरिएकोमा अहिले गाउँसभा सदस्यहरुको बहुमतबाट गाउँपालिकाको केन्द्र नौगाढ ५ होपरीगाढ सार्ने निर्णय भएकोमा यसको विरुद्धमा वडा नम्बर ६ का प्रतिनिधि सहित शीर्षदलले कार्यालयमा तालाबन्दी गरेको गाउँपालिकाका कार्यकारी अधिकृत मोहनसिँह धामीले बताउनु भयो ।

तत्काल गाउँपालिकाको केन्द्र सार्ने निर्णय नसच्याइए संघर्ष र आन्दोलन गर्ने चेतवानी वडाध्यक्ष सहित रानीतिकदलका प्रतिनिधिहरुको छ ।

उता गाउँपालिका अध्यक्ष प्रेमसिँह धामीले भने गाउँपालिका कार्यालयमा तालाबन्दी गर्नेबेला कुनै सल्लाह नगरी अस्वभाबिक कदम चालेको प्रति दुःख व्यक्त गर्नु भयो । जनताहरुलाई सहज सेवा सुविधा प्रदान गर्नुपर्ने बेला तालाबन्दी, आन्दोलन जस्ता असमाजिक कार्य गर्नुको कुनै औचित्य नहुने गाउँपालिका अध्यक्ष धामीको प्रतिक्रिर्या छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!