दार्चुलामा पानीको खाल्डोमा डुबेर १० बर्षीय वालिकाको मृत्यु

Posted on: 22 Jul, 2017


लोकेन्द्र प्रशाद जोशी/साउन ७, दार्चुला । दार्चुलाको शैल्यसिखर नगरपालीका १ बलाचँमा घरबाट बजार हिडेकी एक बालीकाको पानीमा डुबेर ज्यान गएको छ ।

बलाचँका हर्कबहादुर खडायतकी १० बर्षीय छोरी अनीसा खडायतको बजार जादैगर्दा बाटोमा पानीको खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चमेलिया जलबिद्युत आयोजनाको निमार्ण कार्य गरीरहेको चाइना गेजुवा पावर अफ कम्पनीले आयोजनाकालागी आबश्यक ढुंगा, गिट्टी निकालेर बनेको खाल्डोमा पानी भरीएर तलाउँ जस्तै भएको थियो । सो खाल्डोमा लडेर बालीकाको ज्यान गएको प्रहरी चौकी बलाचँका प्रहरी नायब निरीक्षक लोकेन्द्र बहादुर सिहले जानकारी दिनुभयो ।

मृतक बालीकाका आफन्तले निमार्ण कम्पनि चाइना गेजुवा ग्रुपसंग क्षतीपुर्तीको माग गरेका छन । अहिले पिडित पक्ष र निमार्ण कम्पनि साथै चमेलीया जलबिद्युत आयोजनाका प्रतिनिधिबिच क्षतीपुर्तीबारे छलफल भइरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!