दार्चुलामा संकलन भएका बैध हतियार फिर्ता हुँदै

Posted on: 23 Jul, 2017

लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । स्थानीय तह निर्वाचनको लागि संकलन गरिएका वैध हतियारहरु प्रहरीले फिर्ता गर्न शुरु गरेको छ । 

निर्वाचनको बेला हुने अपराधिक घट्नामा कमी ल्याउने उद्देश्यले जिल्लाभरीको हतियार संकलन गरिएको थियो । जिल्लाभरीबाट संकलन गरिएका १६१ थान बैध हतियार पुन सर्वसाधारणलाइ फिर्ता शुरु गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख लालबहादुर साउँदले जानकारी दिनुभयो । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयबाट ४० थान बढि हतियार स्थानीयले फिर्ता लिएका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार संकलित हतियार फिर्ता शुरु गरिएको हो । ग्रामीण प्रहरी चौकीहरुमा संकलन गरिएका हतियार पनि फिर्ता दिन शुरु गरिएको छ । स्थानीय तहको निर्वाचन सकिएको कारण हतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको हो ।

जिल्लाभरी बैध बाहेक अवैध हात हतियार के कति छ भन्ने जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!