दार्चुलामा डिप्लोमा कार्यक्रमको प्रबेशीका परिक्षा सम्पन्न

Posted on: 23 Jul, 2017

लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । प्राबिधिक शिक्षामा आफ्नो परिचय थप्दै गएको लटिनाथ माबि चौपातामा डिप्लोमा तहका कार्यक्रमहरुको प्रबेशिका परिक्षा सनिबार सम्पन्न भएको छ । 

डिप्लोमा तह तर्फ भेटेनरी साइन्स र कृषि बिज्ञान ३ बर्षे को प्रबेशीका परिक्षा सम्पन्न भएको हो । २०६७ सालमा कृषि जेटिए कार्यक्रम सञ्चालन गरेर प्राबिधिक कार्यक्रमहरु सञ्चालनको सुरुवात गरेका माबि चौपातामा अहिले कृषि बिज्ञान, भेटेनरी साइन्स, सिबिल इन्जीनियरीङ, कृषि जेटिए, भेटेनरी जेटिए, र बिशेष केटामा कृषि बिज्ञानका कार्यक्रमहरु सञ्चालीत छन ।

माबि प्राबिधिक कार्यक्रम चौपातामा अहिले शुदुरपश्चिम र मध्यपश्चिमका अधिकासं जिल्ला लगायत देशभरीकै बिद्यार्थीहरु अद्ययनरत रहेको बिद्यालयका प्रचार्य केशब राज बिष्टले जानकारी दिनुभयो ।

सनिबार सम्पन्न कृषि बिज्ञानमा ३९ जना र भेटेनरी साइन्समा ४१ जना परिक्षार्थी सहभागी भएका छन । अहिले प्राबिधिक शिक्षामा माबि चौपाता नमुना बन्दै गएको छ । बिद्यालयका बिशेषताहरुकै कारण बिद्यार्थीहरुको आकर्षण बढीरहेको प्रचार्य बिष्टले बताउँनुभयो ।

टिसएलसी अन्तरगत सिभिल ओभरसियर, कृषि जेटिए र भेटनरी जेटिएको प्रबेशीका परिक्षा भने अगामी १० गते सञ्चालन हुने बिद्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!