महाकाली राजमार्गको यस्तो हालत, यात्रुहरु अलपत्र

Posted on: 20 Aug, 2017


लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्ध भएको छ ।

गोकुलेश्वर खलंगा सडकखण्ड अन्तरगत पर्ने चौतलीचोरमा गएराति पहिरो खस्दा महाकाली राजमार्ग अबरुद्ध भएको मालिकार्जुन प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कुबेरसिंह धामीले जानकारी दिनुभयो ।


यसअघि भीषण वर्षाका कारण साउन २७ गते माकालिर्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र चौतलीचोरमा ठूलो पहिरो खस्दा ५ दिनसम्म राजमार्ग अबरुद्ध भएको थियो ।

सडकको तलतिर बस्ती भएकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी नायब निरीक्षक धामीले बताउँनुभयो । 

राजमार्ग अबरुद्ध हुदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीका छुटेका सवारी साधन चौतलीचोरमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!