घुम्ती टोलीद्धारा जिल्लाका ७ स्थानिय तहबाट करिब १५ सय नागरीकता बितरण

Posted on: 20 Aug, 2017

लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । जिल्ला प्रशासन कार्यलय दार्चुला द्धारा सँचालित नागरीकता बितरण घुम्ती शिविरबाट करिब १५ सय नागरीकता बितरण भएको छ । नयां नागरिकता लिन उमेर पुगेकाहरुलाइ नागरिकता वितरण गर्नं सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीको नेतृत्वको नागरिकता टोलीले शुक्रबार र सनिबार दुहु गाउपालिकामा ४३ जना सेवाग्राहिहरुलाइ नागरीकता बितरण गरेसंगै जिल्लाका ७ ओटा स्थानिय तहबाट बितरण भएको कुल नागरीकता संख्या १४ सय ९९ पुगेको हो ।

साउन १९ गते देखि जिल्लाका सात स्थानिय तहमा सिबिर सञ्चालन गरिए पनि ब्यास गाउपालिका भने छुटन पुगेको छ ।


१९ गते मालिर्काजुन गाउपालिकाबाट नागरीकता बितरण सुरु गरेको टोलीले जिल्लाको  लेकम गाउँपालीका, मार्मा गाउँपालीका, अपि हिमाल गाउँपालीका, नौगाड गाउपलिका र दुहु गाउँपालीकामा नागरीकता बितरण गरीएको सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीले बताउँनुभयो ।

सिह दरवारको अधिकार गाउँघरमै पुगेको जनतालाइ आभास गराउँन तथा जनताले नागरीकता बनाउँन मात्रै हजारौ रुपया खर्च गरेर जिल्ला सदरमुकाम धाउँनुपर्ने बाध्यताको अन्त्य गर्न स्थानिय तह कार्यालयबाट नागरीकता बितरण गरीएको जोशीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!