पारिश्रमिक नपाएको भन्दै दार्चुलाका शिक्षक आन्दोलित

Posted on: 20 Aug, 2017

लोकेन्द्र प्रशाद जोशी/भदौ ४, दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालीका २ मा रहेको महादेव मा.वि घुसामा कार्यरत निजिस्रोतका सम्पुर्ण शिक्षकहरुले शैक्षीक सत्र २०७२ देखि हालसम्मको पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन । 

पारिश्रमिकका लागि पटक पटक विद्यालय व्यवस्थापन समिति, अभिभावक सगं अनुरोध गरेर वैठकमा निर्णयहरु भएपनि कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पारिश्रमिकको माग सहित बिरोधमा उत्रिएका हुन ।

वैठकहरु विना निष्कर्ष  टुगिंने  गरेकोले शिक्षकहरुका मागप्रति बिद्यालय प्रशासन गम्भीर नभएको  भन्दै निजिस्रोतका शिक्षहरुले वाध्य भएर आइतबारदेखी पारिश्रमीक उपलव्ध नभइसम्मका लागी अनिश्चितकालीनरुपमा विद्यालय को पठन पाठनका गतिविधिहरु पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको सम्पुर्ण बिद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिती र अभिभावक हरुलाइ जानकारी गराइसकेको प्रेश बिज्ञप्ती मार्फत शिक्षकहरुले जानकारी गराएका छन ।

शिक्षकहरुले चालेको यो कदम रहर नभइ वाध्यता भएको भन्दै  विद्यार्थीहरुको भबिष्य माथी खेलवाड गर्ने हाम्रो सोच नभएकोले आफुहरुको माग प्रति सम्वन्धित निकायको ध्यान जाओस भनि बिज्ञप्तीमा उल्लेख गरीएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!