१० लिटर घरेलु मदिरा सहित २ सय ८० लिटर कच्चापदार्थ नष्ट

Posted on: 17 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी | असोज ३१, दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालीकामा मंगलबार १० लिटर घरेलु मदिरा नष्ट गरीएको छ । 

मदिरा बनाइराखेको अवस्थामा मार्मा ६ तिम्लाडेराका अङ्बिर धामीको घरको भान्साबाट इलाका प्रहरी कार्यालय लटिनाथको टोलीले अबैध घरेलु मदिरा नष्ट गरेको हो ।

यस्तै धामीको भन्साबाट ४० लिटर क्षमताका १२ ओटा ड्रामबाट २ सय ८० लिटर कच्चापदार्थ समेत बरामद गरीएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी नायब निरिक्षक भरत बिष्ट नेतृत्वको टोलीले उक्त परिमाणको मदिरा बरामद गरी स्थानिय ब्याक्तीको रहोबरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!