दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते (फोटोफिचर)

Posted on: 07 Nov, 2017

लोकेन्द्र प्रशाद जोशी/कात्तिक २१, दार्चुला । दार्चुला जिल्लामा मंगलबार बिहान जिप दुर्घटना हुदा ६ जना यात्रु घाइते भएका छन । 


मालीकार्जुन गाउँपालीकाको संकरपुरबाट तराइकालागी छुटेको से १ ज २९६ नम्बरको जिप शैल्यसिखर नगरपालीका वडा नम्बर ६ ग्वानिमा दुर्घटनामा परेको हो । 


ग्वानि बजार नजिक जिपको ब्रेक फेल भएर सडक छेउको नालीमा पल्टीदा १२ जना सवार जिपमा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

उपचारका लागी घाइते सबैलाइ गोकुलेश्वर अस्पताल लगिएको छ ।


धाइतेमध्ये मालीकार्जुन ८ का पुस्पा धामी खत्रीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । जिपमा ६ जना पुरुष, ४ महिला र २ जना बालबालीका सवार रहेका थिए । चालक समेत घाइते भएको र घटनाबारे थप अनुसन्धान भइरहेकोले थप बिबरण आइनसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!