दार्चुलामा एक बृद्ध पुरुषले गरे झुन्डीएर आत्महत्या

Posted on: 15 Nov, 2017

लोकेन्द्र प्रशाद जोशी/कात्तिक २९, दार्चुला । दार्चुलाको लेकम गाउँपालीकामा एक बृद्ध पुरुषले झुन्डीएर आत्महत्या गरेका छन । 

बुधबार बिहान ४ बजेतिर लेकम गाउँपालीका २ कैनोडाका ६७ बर्षीय मनोरथ जोशीले घर नजिकैको आँपको रुखमा झन्डीएर आत्महत्या गरेको परिवार स्रोतले जनाएको छ ।

बिगत ७ बर्षदेखी मानसिक अवस्था कमजोर रहेका जोशीले आत्महत्या गरेको जनाकारी पाएपछि बिहान आफ्न्तले प्रहरीलाइ खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट सइ मिन बहादुर धामीको टोलीले घटनास्थल पुगेर अद्ययनपश्चात सबको पोष्टमाटमकालागी गोकुलेश्वर अस्पताल पठाइएको जनाएको छ ।

अहिले गोकुलेश्वर अस्पतालामा सब पोष्टमाटमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!