दार्चुलामा एक पुरुषद्वारा महाकालीमा हाम फालेर आत्महत्या

Posted on: 18 Nov, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २, दार्चुला । दार्चुलामा शनिबार बिहान एक पुरुषले महाकाली नदिमा हाम फालेर आत्महत्या गरेका छन । 

महाकाली नगरपालीका २ पन्यौडा काटैका ५० बर्षीय हरजित नगालले नदिमा हाम फालेर आत्महत्या गरेका हुन । घरबाट श्रीमति संगै उपचारकोलागी जिल्ला अस्पताल दार्चुला आउदै गर्दा जिल्ला सदरमुकाम नजिक बंगाबगडको भिरबाट नदिमा हाम फालेका हुन । 


हाम फालेपछि मृत्यु भएका नगालको सबलाइ नदिले बगाएर लग्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बल दार्चुलाको उद्धार टोलीले गल्फै भन्दा केहि तल नमसीकारबाट उद्धार गरेको छ ।

श्रीमानले नदिमा हाम फालेपछि उहाकी श्रीमति बेहोस भएर बोल्न नसक्ने अवस्थामा छिन । मृतक नगाललाइ पोष्टमाटम गरेर आफ्न्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकले नदिमा हाम फाल्नुको कारणभने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!