हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on: 22 Dec, 2017

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ ।

कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो ।

भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युत मात्र प्रवाह भइरहेकाले ती सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ढलेको टावरको अवस्था जाँच गर्न एक टोलिलाई सम्शेरगञ्ज पठाइएको छ । साथै विद्युत आपुर्ति सुचारु गर्नको लागि अस्थायी व्यवस्था समेत गर्न लागिएको छ ।

- फाइल फोटो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!