क्यान्सर पीडित ४ वर्षीय रोशन बचाउ अभियानमा १ लाख ८० हजार सहयोग संकलन

Posted on: 08 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी | पुस १४, दार्चुला | नौगाड गाउँपालिका वडा नम्बर ६ का क्यान्सर पीडित ४ वर्षीय रोशन धामीको उपचारको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । 

दार्चुलाका निर्वाचित सांसदहरु, बिभिन्न कार्यालयका कर्मचारी र ब्याक्तिहरुगरी १ सय ३२ जना दाताहरुबाट हालसम्म १ लाख ८० हजार ४३ रुपैया सहयोग संकलन भएको छ । सोमबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा नौगाड गाउँपालीका अध्यक्ष प्रेमसिह धामीले बिरामी बालक रोसनका काका चक्रसिह धामीलाइ संकलन भएको रकममध्ये नगद १ लाख ६० हजार ४ सय ४८ रुपैया हस्तान्तरण गर्नुभएको सहयोग संकलन अभियानका सदस्य नरेन्द्रसिह ठगुन्नाले जानकारी दिनुभयो । यसअघि नौगाड गाउँपालीकाको पहलमा संकलन भएको १९ हजार ६ सय २० रुपैया गाउँपालीका अध्यक्ष धामी आफैले अस्पतालमै पुगेर बिरामी रोसनका आमा कलावति धामीलाइ हस्तान्तरण गर्नुभएको थियो । यो संगै हालसम्म उपचारकालागी संकलन भएको सहयोग रकम कुल १ लाख ८० हजार ४३ रुपैया रोसनका आफन्तलाइ बुझाइएको छ ।

हालसम्म सहयोग गर्नेहरुमा महाकाली नदि नियन्त्रण आयोजनाका कर्मचारीहरुबाट रु १३ हजार एक सय, टिभि टुडेका संचालक जनकराज पन्तले रु १० हजार, प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले ५ हजार १ सय, मानबहादुर धामीले ५ हजार ५ सय, प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्नाले ५ हजार ५ सय रुपैया सहयोग गरेका छन । यस्तै समाज कल्याण समाज दार्चुलाबाट ५ हजार १ सय रुपैया, खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय दार्चुलाका सब डिभिजन प्रमुख प्रकाश बहादुर रावलले ५ हजार ५ सय ५५ रुपैया, जिल्ला बन कार्यालय र अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयबाट रु ८ हजार ८ रुपैया, नौगाडका स्थानिय पदम सिह ठगुन्नाले ७ हजार ५ सय रुपैया सहयोग गरेका छन । जनप्रतिनिधि, बिभिन्न ब्यक्तीत्त तथा कार्यालयका कर्मचारीहरुगरी १ सय ३२ जनाबाट स्वइच्याले सहयोग संकलन भएको अभियानका सदस्य नरेन्द्रसिह ठगुन्नाले बताउँनुभयो ।


कलावती धामीको छोरा क्यान्सर पीडित भएपछि अहिले भरतपुर स्थित विपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बालकको जीवन रक्षाको अपिलसहित रोशन बचाउ अभियानले सहयोगको अपिल गरेको हो । उपचारको लागि आर्थिक सहयोग संकलनमा सामथ्र्य नेपाल नामक संस्थाले समेत अभियान सञ्चालन गरेको ठगुन्नाले बताउनुभयो । सानै उमेरमा क्यान्सरले मृत्युको मुखमा पुगेका धामीको ज्यान बचाउन सबैमा सहयोगको अपिल समेत गरिएको छ । रोशनको उपचारको लागि ४ लाख बढी रुपैयाँ आवश्यक रहेको भन्दै देश विदेशमा रहनु भएको नेपालीहरुमा सहयोगको लागि अभियानले अपिल गरेको छ । सहयोग गर्न चाहाने महानुभावहरुले बिरामी रोसन धामीका आमा कलावति धामीको नाममा हिमालयन बैक लिमिटेडमा रहेको खाता नम्बर ००८०७१६५२२००१४ मा सिधै जम्मा गर्न सकिने छ । साथै सहयोग गर्नकालागी ९८६८८२७७३८ नम्बरमा सम्पर्क गर्न सकिने ठगुन्नाले बताउँनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!