दार्चुलामा जीप दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

Posted on: 05 Mar, 2018

लोकेन्द्र प्रशाद जोशी | फागुन २१, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथबाट गोकुलेश्वतर्फ आइरहेको म १ ज २३३ नम्बरको जीप बैतडीको डिलाशैनी ३ कल्चुडेमा दुर्घटना भएको छ । जीप दुर्घटनामा परी जीपमा सवार ८ जना मध्ये मार्मा गाउँपालिका लटिनाथका कृष्णबहादुर विष्टको ज्यान गएको छ । भने अर्का एक जना गम्भीर घाइतेको नाम खुल्न सकेको छैन ।

यस्तै अन्य घाइतेहरुमा अगबरसिह महरा, गौमती महरा र गीता महरा रहेका छन् । अगबर र गौमती श्रीमान, श्रीमति हुन् भने गीता छोरी हुन् । यस्तै दुइ जना भारतीय नागरिक रहेका छन् घाइतेहरुमा मेहरमान सिह र सर्वण सिह रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर जनाएको छ ।


जीप सडकबाट चौलानी नदीमा परेको छ । जीप चालक फरार रहेका छन् । घाइतेलाई उपचारको लागि गोकुलेश्वर अस्पताल ल्याएएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले बताउनुभयो । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!