महाकाली नदिमा जीप खस्दा १० जनाको मृत्यु

Posted on: 01 Mar, 2019

दार्चुला, १७ फागुन | दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो । 

जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । जीप चालक दीपकसिंह धामी घाइते भएका छन् । घाइतेलाई गाडीमार्फत अस्पताल पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिनुभयो । 


राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताउनुभयो । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो । 

जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको छ । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!