बाबुले गरे आगो लगाएर आफ्नै छोरीको हत्या

Posted on: 10 May, 2019

 बैशाख २७, दार्चुला | व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनभयो । सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी  शीलालाई पक्राउ गरेको छ । 

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ । राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको  वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिनुभयो । हत्या गर्नाको कारण खुलाइएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!