दार्चुलामा विद्यालयको शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु

Posted on: 11 Jun, 2019

 जेठ २८, दार्चुला । दार्चुलामा विद्यालयको शौचालयको छत भत्किँदा चार जना विद्यार्थीको मृत्यु भएको छ ।  

नौगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार जना बालबालिकाको ज्यान गएको हो 

मंगलबार दिउँसो विद्यालय बिदा भइसकेपछि शौचालयको छतमा खेल्दा छत भत्किएपछि बालबालिकाको ज्यान गएको  हो । मृत्यु हुनेमा अन्दाजी ८ वर्षीया निरुता ठगुन्ना,  ५ वर्षीया युनिका ठगुन्ना, १० वर्षीया अनुष्का धामी, र ८ वर्षीय सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शव अझै फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!