घरमा आगो लगाएर आफ्नै श्रीमतीको हत्या

Posted on: 23 Jun, 2019

असार ८, काठमाडौं । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ ।

गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले मादक पदार्थ सेवन गरेर घरमा आगो  लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो । घरमा उनका बुबा ,आमा र ३ जना छोराछोरी पनि बस्थ्ये | उनीहरु भने सकुसल रहेको जिल्ला प्रहरी दार्चुलाले जानकारी दिएको छ |

घटनामा कसरी  विन्द्राको मात्रै मृत्यु भयो भन्ने बारे अनुसन्धान थालेको र घरमा आगो लगाउने शेरबहादुरलाइ पक्रेको प्रहरीले बताएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!