दार्चुलाको एक होटेलमा युवक-युवती मृत फेला

Posted on: 09 Jul, 2019

असार २४, दार्चुला | दार्चुलाको एक होटेलमा युवक-युवती  मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट बारको एक कोठामा युवक–युवती मृत फेला परेका हुन् |

 शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का २८ बर्षीय महादेव डागा र मालिकार्जुन गाँउपालिका वडा नम्बर ४ औतालेककी २२ बर्षीया मनिषा रावल होटलको  पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

उनीहरु सोमवार राती ८ बजे खाना खाएर होटलको कोठामा गएका थिए। बिहान उनीहरु मृत फेला परेका हुन्। उनीहरु नाताले दाई बहिनी हुन्।

महादेवले यसअघि नै दुई विवाह गरिसकेका थिए भने मनिषा पनि विवाहित हुन्।

उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजान लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!