दार्चुलामा श्रीमान भेट्न गएकी एक महिला मृत फेला

Posted on: 08 Aug, 2019

साउन २३, दार्चुला | दार्चुलामा श्रीमान भेटन गएकी एक महिला मृत फेला भेटिएकी छन् | जिल्लाको व्याँस गाउँपालिका वडा नम्वर ४ बिन्नाला बस्ने नरसिंह महरकी श्रीमती ३५ वर्षीया पार्वती महर मृत फेला परेको प्रहरीले जनाएको छ ।

लेकमा रहेका श्रीमान नरसिँह महरलाई भेट्न खाद्यान्न सामाग्री बोकेर घरबाट हिडेकी उनी बुधबार व्याँस गाउँपालिका वडा नम्बर ४ चौशिल खोलाको देप्से खोला किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ | प्रहरीका अनुसार उनका श्रीमानसंग भने सम्पर्क हुन सक्र्को छैन  | 

खोलाले बगाएर महरको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । महिलाको शव परिक्षणका लागि जिल्ला अस्पताल दार्चुला ल्याउन लागेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!