दार्चुलामा तीन छोरी जन्माएकी एक महिलाको हेलीकोप्टर मार्फत उद्धार

Posted on: 24 Sep, 2019

असोज ७, दार्चुला | दार्चुलामा तिन छोरीलाई जन्माएकी आमा र शिशुको हेलिकप्टर मार्फत उद्दार गरिएको छ | जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मानमती धामी र शिशुलाई उपचारको लागि नेपालि सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ |

आमा र नवजात शिशुको अवस्था कमजोर रहेकोले उनिहारुलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि होलीकप्टर मार्फत नेपालगञ्ज पठाईएको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताएका छन् |कार्तिकमा उनले एक महिना अघिनै तीनवटा शिशुलाई जन्माएकी हुन् | दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा थप उपचारमा समस्या भएको हो।

सोमबार नै एयरएम्बुलेन्स मार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भएपनि कागजी प्रक्रियामा ढिलाई हुँदा मंगलबार बिहान मात्र उद्धार गरिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!