दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

Posted on: 04 Feb, 2020

माघ २१, दार्चुला | दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ |  जिल्ला सदरमुकाम खलंगाबाट घर फर्किने क्रममा तिंकर सडक खण्ड अन्तर्गत कलौन भीरबाट लडेर दुहुँ गाउँपालिका ३ बाटमुनीका ४५ वर्षीय धनपती कार्कीको मृत्यु भएको हो |  

सोमबार बेलुकी घर फर्किने क्रममा भीरबाट ५० मिटर तल खसेका कार्कीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!