मार्मा गाउँपालिकाद्वारा कोरना भाइरस फैलिन नदिन सतर्कता

Posted on: 29 Mar, 2020

चैत १६, दार्चुला | मार्मा गाउँपालिकाले विश्व मै फैलिरहेको कोरना भाइरस कोभिड १९ भाइरसलाई फैलिन नदिन सतर्कता अपनाउने भएको छ ।  

गाउँपालिकालाई कोरोना भाइरसबाट बचाउन समिक्षाको लागी  मार्मा गाउपालिकाका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा बसेको बैठकले कोरना भाइरस रोकथाम गर्न बिभिन्न जनचेतानामुलक अभियान संचालन गर्न युवाहरु परिचालन गर्ने जनाएको छ । भारतबाट मार्मा गाउपालिकामा आउनेहरुलाई मार्मा गाउपालिकामा अस्थायी रुपमा स्थापना  गरिएका क्वारेन्टाइनहरुमा राखी आवश्यक चेकजाच गरिने भएको छ ।

त्यस्तै मार्मा गाउँपालिकाले लटिनाथ मावी रस्कोट, दुर्गेश्वरी नि.मा.वि घोल्जर र सल्लेधार मा.वि मुरैमा स्थापना गरिएका सबै क्वारेन्टाइनमा राखिएका  मानिसहरुको नियमित स्वास्थ्य चेकजाच गरिनेछ । क्वारेन्टाइनमा रहेका मान्छेहरुको स्वास्थ्य नियमित चेकजाँच गरि कोरना भाइरसको लक्षण देखिएमा बिरामीलाई तत्काल मार्फत अस्पताल पुर्याउन एम्बुलेन्स तयारी अवस्थामा राखिने गाउँपालिकाका अध्यक्ष जमन सिंह धामीले बताएका छन् । 

गाउँपालिका क्षेत्रभित्र आवत-जावत गर्न पुर्ण रूपमा बन्द (लकडाउन) गर्ने, यदि कसैले त्यस्तो लकडाउनको पालना नगरिएको पाइएमा आवस्यक कार्वाही गर्न प्रहरी प्रसासनलाई आग्रह समेत गरिने अध्यक्ष धामीले जानकारी दिएका छन् । धामीले गाउँपालिका क्षेत्र भित्र खाद्यान्नको अभाव हुनसक्ने हुँदा ब्यवस्थापनको लागी व्यवसायीहरुसँग आवस्यक छलफल गरिएको बताए ।

व्यवसायीहरुले दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी गरेएको पाइएमा कारवाही गरिने र महामारीलाई मध्यनजर गरि बिपद ब्यवस्थापन कोषमा गाउँपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरिएको मार्मा गाउपालिकाका अध्यक्ष धामीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!