दार्चुलामा नहर भत्किदा दुई जनाको ज्यान गयो

Posted on: 29 Jun, 2020

असार १५, काठमाडौं | दार्चुला जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा दुई जनाको ज्यान गएको छ । 

गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

उक्त पहिरोमा परि उनकी श्रीमती चनमति महता गम्भिर घाइते रहेकोले उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको चन्दले बताए । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उनले बताए । 

अन्य तीन जनाको घर समेत पहिरो जोखिम भएकोले अन्य परिवारलाई सुरक्षित स्थानमा राख्ने तयारी गरिरहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह घामीले बताए । सो क्षेत्रमा अहिले प्रहरी खटिएको छ । पहिरोले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!