घाँटीबगर क्षेत्रमा काम गर्ने मजदुरको ढुङ्गा लागेर मृत्यु

Posted on: 04 Sep, 2020

भदौ १९, दार्चुला (रासस) : महाकाली लोकमार्गअन्तरर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोेरेटो बाटो निर्माणमा संग्लन एक मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ ।

नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको घाँटीबगर क्षेत्रमा काम गर्दै आउनुभएका व्यास गाउँपालिका–५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको मृत्युभएको हो ।

आज बेलुकी ५ः०० बजेतिर घाँटीबगर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामी गम्भीर घाइते हुनुभएको थियो ।

घाइते धामीलाई साढे ७ः०० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याइए पनि उहाँको बाटोमै मृत्यु भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो ।

अध्यारो भइसकेका कारण घाइते धामीलाई बाहिर जिल्ला उपचारका लागि लिन नसकिएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताउनुभयो ।

राति भएका कारण जिल्ला अस्पताल पु¥याइएको थियो । नेपाली सेनाले यो क्षेत्रमा साढे पाँच सय मिटरमध्ये झण्डै ८० मिटर मात्रै बाटोको ट्ययाक खोल्न बाँकी छ ।

कडा चट्टानी भूगोल रहेको यो क्षेत्रमा सेनाले बाटो खोल्ने जिम्मेवारी पाएको थियो । बाटो खोलेपछि यो क्षेत्रमा व्यासका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!