७ दिनको शिशु प्लास्टिकको झोलामा हालेर हिँडेपछि..

Posted on: 28 Jul, 2018

साउन १२, धादिङ | शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो । 

शिशु झोलामा हालेर लैजने उनैका बावु सरोज तामाङ हुन् । 

धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

- आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!