भूकम्पपीडित अनुदान लिएर घर नबनाउनेको खोजी गरिँदै

Posted on: 15 Nov, 2018

कात्तिक २९, धादिङ | भूकम्पपीडित बनेर अनुदान लिने तर घर निर्माण नगर्ने जिल्लाका ३० हजार घरधुरीको खोजबिन गरिएको छ । 

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले पुस मसान्तभित्रै सक्कली र नक्कली भूकम्प पीडितहरुको पहिचान भइसक्ने बताइएको छ ।

इकाई प्रमुख राजेन्द्र केसीले विभिन्न स्थानीय निकायले काठमाडौं, चितवन, सदरमुकाम र राजमार्गका विभिन्न बजारमा पक्की घर भएकाहरुलाई लाभग्राहीको सिफारिस गरेपछि नक्कली भूकम्प पीडितको बिगबिगी बढेको बताउँछन् । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!