नुवाकोटका नेता अर्जुननरसिंह केसीले खोले कांग्रेस हार्नुको भित्रि कारण

Posted on: 17 Jan, 2018

माघ ३, धादिङवेशी (रासस) | नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभएको छ । 

नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज धादिङवेसीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी सामूहिक नेतृत्वमा चल्न नसक्दा स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पराजय भोग्नुपरेको बताउनुभयो । 

लामो इतिहास बोकेको पार्टीलाई गुटगत राजनीतिभन्दा बाहिर लैजान युवा वर्ग जागरुक हुनुपर्ने उहाँले बताउनुभयो । 

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कमजोर नेतृत्वका कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभयो । “काँग्रेसले गुटउपगुट र भागवण्डा छाड्नुपर्छ, उमेर पुगेका नेताहरू संरक्षक भएर बस्नुको विकल्प छैन” – नेता भण्डारीले भन्नुभयो । 

नेका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले काँग्रेसले पार्टी विधानलाई टेकेर संगठन निर्माणमा लाग्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । 

नेका धादिङका पूर्व सभापति रामनाथ अधिकारी, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीलगायतले पार्टीलाई सशक्त बनाउन नेविसंघबाट अभियान थाल्नुपर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!