भूकम्प प्रभावित ७ जिल्लामा १२ महिनाभित्र इन्टरनेट दिन आवेदन माग

Posted on: 20 Nov, 2016

मंसिर ५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको लागि आवेदन माग गरेको छ ।

भूकम्पबाट अति प्रभावित बनेका सात जिल्लाका सबै गाविस भवन, माध्यमिक देखि उच्च माध्यमिक स्कुल, अस्पताल र सरकारी कार्यालयका ब्रोडब्याण्ड सेवामार्फत इन्टरनेट पुर्‍याउन आवेदन माग गरेको हो । प्राधिकरणले लामो सममदेखि ग्रामीण दुररञ्चार कोषमा जम्मा भएको रकमबाट यी सात जिल्ला गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली र ओखलटुङ्गामा इन्टरनेटछ सेवा विस्तारको लागि आवेदन माग गरेको हो ।

आवेदन दिने कम्पनीहरुले पसु १९ गते भित्रे प्राधिकरणको कार्यालयमा फारम बुझाउन पर्नेछ । आवदेन दिने कम्पनीले १२ महिना भित्र यी सात जिल्ला तोकिएका अफिसमा ब्रोडव्याण्ड इन्टरनेट सेवाको लागि तोकिएको मापदण्डअनुसार पूर्वाधार तयार गर्दै सेवा विस्तार गर्नुपर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!