पाँचौँ धादिङ महोत्सव पुस ७ देखि १७ गतेसम्म

Posted on: 11 Dec, 2016

मङ्सिर  २६, धादिङ  । धादिङ जिविस र नीलकण्ठ नगरपालिकाको सहआयोजनामा धादिङ उद्योग वाणिज्य सङ्घले यही पुस ७ देखि १७ गतेसम्म नीलकण्ठ नगरपालिका–४ रापटार धादिङबेसीमा पाँचौँ धादिङ महोत्सव गर्ने भएको छ । 

सङ्घका अध्यक्ष बोधनाथ दुवाडीले महोत्सवमा कृषि तथा साना घरेलु उद्योगबाट उत्पादित सामग्री, खनिजजन्य पदार्थ, जडीबुटी, सल्यानटारको मास, झार्लाङको आलु र हस्तकलाका सामग्री प्रदर्शन तथा बिक्रीकक्ष राखिने बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!