धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते, ४ जना गम्भीर

Posted on: 12 Sep, 2017

भदौ २७, धादिङ | धादिङमा मंगलबार बिहान बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् भने ४ जना स्थिति गम्भीर छ ।

बेनिघाट रोराङ गाउँपालिकाको विशालटार भन्ने स्थानमा लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ सडकबाट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । काठमाडौं मलेखुतर्फ जाँदै गरेको गाडीमा ४४ जना यात्रु रहेकोमा ३१ जना घाइते भएका हुन् ।

घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं वीर अस्पताल ल्याइएको छ । बाँकी घाइतेहरुलाई धादिङ्गकै मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!