श्री कृष्ण महिला साना किसान सहकारी संस्था खरीको वार्षिक साधारण सभा सम्पन्न

Posted on: 14 Jan, 2018

पुस २९, धादिङ्ग | श्री कृष्ण महिला साना किसान सहकारी संस्था लि. ज्वालामुखी ५ (खरी)ले सनिबार आफ्नो आठौँ वार्षिक साधारण सभा  सम्पन्न गरेको छ । 

संस्थाको उद्घाटन् कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय अध्यक्ष खेमबहादुर पाठक, जनप्रतिनिधि ज्वालामुखी ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्री, वडा सदस्य प्रेम बहादुर अधिकारी  लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन तथा २०६६ को स्थापनाकालदेखि हालसम्मको कार्यप्रगति तथा पछिल्लो बार्षिक क्रियाकलाप प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै ज्वालामुखी ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले सहकारीले हालसम्म गरेको कार्यक्रमहरुको प्रशंशा गर्दै थप सहयोगको लागि प्रतिबद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रममा अन्य बक्ताहरुले सहकारीले गरेको बिभिन्न कार्यक्रमको खुलेर प्रसंशा गरे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!