डा. केसीको माग पुरा गर्न दवाब दिंदै धादिङमा बिरोध तथा र्याली

Posted on: 01 Dec, 2016


सास सम्बाददाता | मङ्सिर १६, धादिङ | धादिङ अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा धादिङका नागरिक समाजले १९ दिनदेखि अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै दवाबमूलक कोणसभा तथा र्याली निकालेको छ । 

आज धादिङको सदरमुकाम धादिङबेसीमा १९ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भईसक्दा पनि सरकारले उनको माग पुरा गर्न नसकेको भन्दै दवाब स्वरूप कोणसभा तथा र्याली निकालिएको धादिङबाट डा. राम थापा क्षेत्रीले साझा सबाललाई बताए । डा. केसीको मागमा एक्यबद्धताका संयोजक समेत रहेका क्षेत्रीले तत्काल सरकारले केसीको मागलाई सम्बोधन गर्नुपर्ने र उनको जीवनरक्षा गर्नुपर्ने बताए । बिरोध र्यालीलाई धादिङ अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रसिला अमात्य तथा मानव अधिकारकर्मी कृष्ण प्रसाद दाहालले सम्बोधन गरेका थिए । 

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा डा. केपी सिंहलाई डिन नियुक्त गरेपछि डा. केसी अनसनमा बसेका हुन् । केसीले डिन नियुक्त गर्ने त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र डिन सिंहलाई बर्खास्त गर्नुपर्ने लगायत १० बुँदे माग राखेका छन्।



यस बिषयमा तपाइको प्रतिक्रिया...!