एमाले, काँग्रेस उम्मेदवार छान्दै

Posted on: 16 Apr, 2017

बैशाख ३, धादिङ । स्थानीय तह निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी देखिएका एमाले र नेपाली काँग्रेसले उम्मेदवार छान्न थालेका छन् । 

\जिल्लाको ११ गाउँपालिकामध्ये अधिकांशमा एमाले र नेपाली काँग्रेसले उम्मेदवार छानेपनि नगरपालिकामा भने उम्मेदवारको विवादले राप्रपाबाहेक अन्य दलले उम्मेदवार छान्न सकेका छैनन् । त्रिपुरासुन्दरीमा एमालेका शम्भु थापा, नेपाली काँग्रेसका वासु तिमल्सिना, नेत्रावतीमा नेपाली काँग्रेसका टेकजङ्ग लामा, रुबीभ्यालीमा एमालेका जीवन तामाङ, माओवादी केन्द्रका रामसिंह तामाङ, गङ्गाजमुनामा एमालेका इन्द्रबहादुर श्रेष्ठ, खनियाबासमा नेपाली काँग्रेसका रणबहादुर तामाङ, एमालेका प्रदीप फ्यूबा र थाक्रेमा एमालेका रामकुमार आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएका ती पार्टीले बताएका छन् । 

नीलकण्ठ र धुनीबेसी नगरपालिकामा भने उम्मेदवारीको टुङ्गो लगाउन सकेका छैनन् । नीलकण्ठ नगरपालिकामा राप्रपाका तर्फबाट श्याम सिंह ठकुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाले जनाएको छ । 

दुई लाख ६ हजार ४५ मतदाता रहेको धादिङ जिल्लामा मतदाता शिक्षा कार्यक्रमका लागि स्वयम्सेवक खटाइएको र उनीहरुलाई तालिमपछि गाउँ गाउँमा खटाइएको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!