धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका: कहाँ कति मतदाता ?

Posted on: 17 Apr, 2017

बैशाख ४, धादिङ्ग | निर्वाचन आयोगले नयाँ संरचना अनुसार मतदाता नामावलीलाई अन्तिम रुप दिएको छ | आयोगले आइतबार राति नयाँ संरचना अनुसार विवरण वेबसाइटमा राखेको हो | 

आयोगको विवरण अनुसार धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत ७ वार्डमध्ये सबभन्दा बढी मतदाता वार्ड नम्बर ५ मा रहेका छन् | गाउँपालिका बन्नु अघि खरी गाउँ बिकास समिति रहेकोमा सोहि गाविसलाई वार्ड नम्बर ५ बनाइएको थियो | यस वार्डमा यो पटक ३ हजार २ सय ६८ मतदाताले मतदान गर्न पाउनेछन् | 

त्यस्तै वार्ड नम्बर १ मा १ हजार ९ सय ९८ जना, वार्ड नम्बर २ अन्तर्गत  २ हजार ७१, वार्ड नम्बर ३ मा २ हजार ४ सय ३६, वार्ड नम्बर ४ मा ३ हजार ३२, वार्ड नम्बर ६ मा २ हजार ३ सय ७२ र वार्ड नम्बर ७ मा २ हजार १ सय २० जना मतदाता रहेका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!