पौडी खेल्दा आठ वर्षीय बालकको ज्यान गयो

Posted on: 26 Apr, 2017

बैशाख १३, धादिङ । खोलामा पौडी खेल्न गएका त्रिपुरासुन्दरी गाउँपालिका – ४ का एक बालकको आज डुबेर मृत्यु भएको छ । 

नीलकण्ठ नगरपालिका– १२ पशुपतिमा बस्दै आएका आठ वर्षीय कृष नेपालीको आसी खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

अर्का एकजना साथीसँग खोलामा पौडी खेल्न गएका नेपाली खोलाको दलदलमा गाडिएर मृत्यु भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!