धादिङको ज्वालामुखी गाउँपालिका प्रमुखमा कांग्रेस जम्मा २८ मतले विजयी

Posted on: 18 May, 2017

अनिल अधिकारी | जेठ ४, काठमाडौं (सास) | धादिङको ज्वालामुखी गाउँपालिका प्रमुखमा कांग्रेसका विनोद तिमल्सिना २८ मतले विजयी भएका छन् । तिमल्सिनाले ५ हजार ९५४ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९२६ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी जानुका सिम्खडाले ५२३५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्र र कांग्रेसका संयुक्त उम्मेदवार विष्णुकुमार श्रेष्ठले ४८९६ मत प्राप्त गरेका छन् । 

माओवादी यसकारण हार्यो 

ज्वालामुखी ५ बाट उपप्रमुखमा कांग्रेसलाई ४६६ मत खसेको छ जुन मत तालमेल अनुसार माओवादीका उम्मेदवार बिष्णु श्रेष्ठलाई जानुपर्ने थियो तर माओवादी र कांग्रेस गठबन्धनले ज्वालामुखी ५ का मतदातालाई कसरी मतदान गर्ने भन्ने नसिकाउँदा उपप्रमुख एमालेको पोल्टामा गएको स्पष्ट देखिन्छ । यदी ज्वालामुखी ५ बाट तालमेल अनुसार मत खसेको अवस्थामा माओवादी उम्मेदवार बिष्णु श्रेष्ठले ५३०० भन्दा बढी मत पाउने सक्थे । श्रेष्ठले अन्य वडाबाट जितको लागि प्रतिष्पर्धी मत पाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!