धादिङमा बस जुध्दा ९ जना घाइते, चालकहरु नियन्त्रणमा

Posted on: 19 Dec, 2016

पुस ४, काठमाडौं । पृथ्वी राजमार्गको बेनिघाट ६ बिशालटारमा आज बिहान भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ७९३८ नम्बरको बसले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट राजबिराज जाँदै गरेको ना ५ ख ६१० नम्बरको बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुवै बसका गरी ९ यात्रु घाइते भएका छन् । दुर्घटनाका घाइतेहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बेनिघाटका सई भरत दुराले जानकारी दिए ।

दुवै बसका चालक र बसलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!