सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना गम्भीर घाइते

Posted on: 26 Dec, 2016

पुस ११, धादिङ ।  आज बिहान पृथ्वी राजमार्गअन्तर्गत बैरेनी गाविस–८, भल्टारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । 

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९५८७ नंको ट्रक विपरीत दिशाबाट आइरहेको ना ६ ख १११० नंको ट्रकसँग जुधेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

लु १ ख ९५८७ नंको ट्रकमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी बेस क्याम्प आदमघाटले जानकारी दिएको छ । मृतकको सनाखत भएको छैन । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!