ओछ्यानबाटै बालक गायब

Posted on: 18 Apr, 2017

बैशाख ५, धादिङ | धादिङ जिल्लाको बेनिघाटरोराङ–३ बागुराङमा डेढ वर्षीय बुद्धिलाल चेपाङ बेपत्ता भएका छन् । 

राति आमा–बाबुसंगै सुतेका चेपाङ ओछ्यानबाटै बेपत्ता भएको उनको परिवारले बताएको छ । भूकम्प पछी चेपाङ परिवार त्रिपालको अस्थायी टहरामा बस्दै आएको थियो । अस्थाई टहराबाटै बालक गायब भएका हुन् । परिवारलाई उदृत गर्दै  प्रहरीले बताए अनुसार ति बालक राति २ बजेतिर ओछ्यानबाटै गायब भएका थिए । 

टहराको कुनापट्टि सुतेका दाजु/भाई मध्ये कान्छा बुद्धिलाल चेपाङ हराएको चेपाङ दम्पतिले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!