धुसेनी सेवा समाजद्वारा दशैं बिशेष कार्यक्रम सम्पन्न

Posted on: 01 Oct, 2017

असोज १५, धादिङ्ग | धुसेनी सेवा समाज, ज्वालामुखी ५ धादिङ्गको आयोजनामा दशैं बिशेष कार्यक्रम सम्पन्न भएको छ । 

समाजले विभिन्न सांस्कृतिक नृत्य तथा प्रतिष्ठित कलाकारहरु सहितको दशैं बिशेष कार्यक्रम अन्तर्गत आकर्षक नृत्य तथा गायनसम्मका प्रस्तुति दिएको थियो  | कार्यक्रममा कलाकारहरु खेमजी राना, रवि भट्टराई, मनिष श्रेष्ठ, बिनोद गुरुङ लगायतको बिशेष प्रस्तुतिको साथमा  स्थानीय कलाकारहरुले समेत प्रस्तुति राखेका थिए ।

मनोज अधिकारीको संयोजकत्वमा संचालित कार्यक्रममा जन प्रतिनिधी प्रेम बहादुर अधिकारी प्रमुख अतिथी, स्थानीय तथा ज्वालामुखी ५ का समाजसेवी तथा बुद्धिजीवीहरु अतिथीको रुपमा रहेका थिए  ।

धुसेनी सेवा समाजले दशैंको दशौँ दिन अर्थात बिजया दशमीको रातमा बर्षेनी कार्यक्रम आयोजना गर्दै आएको छ | २०५० देखि सुरु भएको यस समाजले हालसम्म स्थानीय स्तरमा सेवामुलक कार्यहरु गर्दै आएको छ ।

समाजले हालसम्म ५ लाखको लगानीमा क्लब भवन, भूकम्प पिडितहरुलाई निशुल्क स्वास्थ्य सिविर, ५ सय भन्दा बढीलाई धान्न सक्ने क्षेमता भएको क्याटरिङ्ग सामग्रीहरु लगायत स्थानीय स्तरमा अत्यावश्यक सामग्रीहरु समेत खरिद गरि सेवा प्रदान गर्दै आएको छ । समाजले आफुलाई साविकको धुसेनीबाट फराकिलो पार्दै ज्वालामुखी ५ हुँदै सिङ्गो गाउँपालिकामा आफुलाई सक्रिय बनाउने उध्यश्य लिएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!