मोटरसाइकल भिरबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 27 Nov, 2017

मङ्सिर ११, धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुर्घटना भएको हो । 

मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!