त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते

Posted on: 22 Feb, 2018

फागुन १०, धादिङ | एउटा ट्रक त्रिशूली नदी किनारमा खस्दा आज तीन जना घाइते भएका छन् । 

हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ । दुर्घटनाग्रस्त गाडीको सिमेन्ट बगरमा छरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!